+
+
Shares

इन्दिरा जोशी लेख्छिन्–‘मनिषा एक प्रतिभाशाली र शक्तिशाली महिला हुन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते ११:१८

नायिका मनिषा कोइरालाको एक ट्विटलाई लिएर भारतीय मिडिया तल्लोस्तरको गाली गलौजमा उत्रिएपछि नेपाली कलाकर्मीले उनलाई साथ दिएका छन् ।

नेपाली चेली मनिषाले बलिउडमा ९० को दशकमा हंगामा मच्चाएकी थिइन् । उनै, मनिषाले बलिउडमा काम गरेर विश्वभर आफ्नो नाम चम्काइन् । अहिले, भारतीय मिडियाले उनलाई भारतको विरोधमा चीनको इशारामा बोलेको भन्दै तल्लो स्तरको गाली गरिरहेका छन् ।

मनिषाको समर्थन गर्दै गायिका इन्दिरा जोशी लेख्छिन्–‘आफ्नो अद्भुत अभियन क्षमताका कारण उनले बलिउडमा थुप्रै योगदान दिएकी छिन् । कैयौं हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदन-प्रदानको कुरा हो ।’

इन्दिराले मनिषालाई एक शक्तिशाली र प्रतिभाशाली महिलाको रुपमा चित्रित गरेकी छिन् । इन्दिरा अगाडि लेख्छिन्-‘क्यान्सरसँग लडेकी एक बहादुर महिला धेरैका लागि उदाहरण हुन् । सत्यको पक्षमा उनी उभिएकी छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?