Comments Add Comment

पेट्रोलियम पदार्थको बिक्री वितरणमा खटिएकाको कोरोना परीक्षण सुरु

८ वैशाख, काठमाडौं । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा खटिएकाहरुको कोरोना परीक्षण सुरु भएको छ ।

नेपाल आयल निगमको संयोजनमा धेरै मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा रहने तथा फिल्डमा खटिने कर्मचारीको लागि टेकुस्थित कार्यालय परिसरमा पीसीआर विधिबाट परीक्षण थालिएको निगमले जनाएको छ ।

ग्यास बोकेर उपभोक्ताको घर-घर पुर्‍याउने टेकु बिक्री केन्द्रमा खटिएका कर्मचारी, भारतबाट हवाई इन्धन भित्रिने सिनामंगल डिपो, अमलेखगन्ज तथा भारतबाट इन्धन आयात हुने थानकोट डिपो र प्रधान कार्यालयका अग्रपङ्तिको कर्मचारीको परिक्षण थालिएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

ट्याकंर चालक र उनीहरुको सम्पर्कमा रहेर काम गर्ने कर्मचारीहरुको परिक्षण थालिएको प्रवक्ता उपाध्ययले बताए । करिब एकसय जनाको परिक्षण गर्ने गरी स्वाब संकलन जारी रहेको निगमका आधिकारिक ट्रेड यूनियनका अध्यक्ष गाेपालचन्द्र राईले अनलाइनखबरलाई बताए ।

निगमको अत्यवश्यक सेवामा खटिदां जोखिम रहने भएकाले कर्मचारीलाई सुरक्षाको प्रत्यभूति दिलाउँदै सचेत बनाउन परिक्षण गरिएको उनले बताए । निगमको सबै प्रादेशिक कार्यालयहरुमा रहेर फन्टलाइनमा  खटिने कर्मचारीहरुमा कोरोना परिक्षणका लागि तयारी थालिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment