Comments Add Comment

कटुवा पेस्तोलसहित पक्राउ परे मस्ट वान्टेड कृष

८ जेठ, विराटनगर । नेपालको सुनसरी, सप्तरी र भारतको बिहारमा प्रहरीको खोजी सूचीमा रहेका कृष भनिने कृष्णकुमार यादव पक्राउ परेका छन ।

सप्तरी कंकालिनी नगरपालिका १४ का ३६ वर्षका यादवलाई मगलबार साँझ सुनसरीको भोक्राहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए ।

बीआर ५० पी १२४१ को स्कोरपियोसहित पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली र केही लागूऔषध बरामद गरेको छ ।

सूचना एके ४७ को

प्रहरी स्रोतका अनुसार कोशी ब्यारेजमा ठेक्कापट्टामा हस्तक्षेप गर्दै आएका यादव एके ४७ राइफल बोकेर नेपाल आएको सूचना पुगेको थियो । सोही सूचनाका आधारमा पुगेको प्रहरी टोलीले कटुवा पेस्तोल बरामद गरेको हो ।

यादव पक्राउ परेपछि उनको आपराधिक पृष्ठभूमि बाहिर आएको छ । ‘यादव पक्राउ परेपछि मष्ट वान्टेड भन्ने खुल्यो’ प्रहरी उपरीक्षक थापा भन्छन् ‘हामी अनुसन्धान गर्दैछौं ।’ यादवमाथि सप्तरीमा भएका केही हत्याका घटनामा संलग्नताको आशंकामा अनुसन्धान भइरहेको छ ।

यादवमाथि भारतको सुपौल जिल्लामा पनि फिरौती मागेको र हत्या गरेको आरोप छ । तर आपराधिक गतिविधिका विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको थापाले बताए ।

यादवमाथि तत्कालिन विद्रोही माओवादी नेताले बोकेको एके ४७ राइफल चोरी गरेर भागेका थिए । सो हतियार अझै उनकै साथमा रहेको प्रहरीलाई सूचना थियो । त्यस्तै सप्तरीमा एक प्रहरी अधिकृतको हतियार खोसको आरोप पनि छ ।

प्रहरी स्रोतका अनुसार २०६३ को मधेस आन्दोलनको समयमा सप्तरीको दुईवटा वटा हत्याका घटनामा उनको संलग्नताको आरोप छ ।

त्यस्तै गत वर्ष कोशी ब्यारेजको पश्चिम दक्षिण तटबन्ध छेउमा हत्या गरी शव फालिएको घटनामा पनि उनको संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ ।

मधेस आन्दोलनअघि यादव मधेस मुक्ति टाइगर्सका सुनसरी इज्चार्ज थिए । दुई देशको प्रहरीको खोजी सूचीमा रहेका यादव दुई महिनायता कोसी नदीको तटबन्ध बनाउने कामको ठेकेदारको रूपमा सुनसरी आएको प्रहरी स्रोत बताउँछ ।

पक्राउ तर रेकर्ड छैन

प्रहरी स्रोतका अनुसार यादव यसअघि पनि पक्राउ परेका थिए । तर उनी पक्राउ परेको रेकर्ड जिल्ला प्रहरी कार्यालय सुनसरीमा छैन ।

सुनसरीका तत्कालीन एसपी यज्ञविनोद पोखरेलको पालामा पक्राउ परे पनि उनको रेकर्ड कतै उल्लेख नभएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी उपरीक्षक थापा सुनसरीको इञ्चार्ज भएर आएको केही दिन मात्र भएको छ । आफूलाई यसअघि पक्राउ परेको सूचना आएपछि रेकर्ड हेर्दा कतै पक्राउ परेको उल्लेख नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment