+
+
Shares

प्रदेश ५ मा थप २५० आइसोलेसन बेड बनाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १८:४७

८ जेठ, बुटवल । .कोरोना संक्रमित बिरामी बढ्दै गएपछि प्रदेश ५ सरकारले थप २ सय ५० आइसोलेसन बेड बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन बेड तयार पार्ने निर्णय गरेको हो ।

पीसीआर परीक्षणमा पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण देखिएका बिरामीलाई राखिने आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट रकम दिने वैठकले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने र जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय समेत गरेको छ ।

वैठकले प्रदेश सभामा प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?