+
+
Shares

पटेर्वासुगौली गाउँपालिकालाई स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १९:२९

८ जेठ, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेका चारवटा स्वास्थ्य संस्थालाई बिहीबार स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

कोरोना भाइरस संक्रमणविरुद्ध खटिने स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षाका लागि दिब्य युवा क्लब पर्साले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

क्लबले २० थान पीपीई, ४ थान थर्मलगन, १०० थान सर्जिकल माक्स, २० थान एन ९५ मास्क, १६ थान हेण्ड सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष हरिनारायण प्रसाद चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?