+

वर्ल्ड पौडी च्यामपियनसिप स्थगित

२०७७ जेठ  ८ गते १९:५१ २०७७ जेठ ८ गते १९:५१
वर्ल्ड पौडी च्यामपियनसिप स्थगित

८ जेठ, काठमाडौं । वर्ल्ड पौडी च्याम्पियनसिप एक वर्ष पर धकेलिएको छ ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण यूएईमा आगामी डिसेम्बरमा हुने तय भएको फिना वर्ल्ड च्याम्पियनसिप स्थगित गरिएको हो ।

पौडीको सर्वोच्च निकाय फिनाले बिहीबार  विज्ञप्ति जारी गरी कोरोनाका कारण च्याम्पियनसिप एक वर्ष पर सरेको जनाएको छ ।

च्याम्पियनसिप यसै वर्ष डिसेम्बर १५ देखि २० सम्म युएईको आबुधाबीमा हुने तय थियो ।

जसअनुसार सन् २०२१ को डिसेम्बर १३ देखि १८ सम्म हुनेछ । यस्तै फिना अक्वाटिक्स च्याम्पियनसिप २०२१ डिसेम्बर १० देखि १२ सम्म हुनेछ ।

सन्  २०२१ देखि २०२५ सम्मको फिना ब्युरो निर्वाचनका लागि फिनाको जेनरल कंग्रेस २०२१ जून ५ मा हुने भएको छ ।

पौडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय