
फाइल तस्वीर
९ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्यालगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने एक मन्त्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4