Comments Add Comment

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघ्यो

९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक लाख १८ हजार चार सय ४७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका छ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार पाँच ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भइरसबाट एक सय ४८ जनाको मृत्यु भएको हो।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार छ सय ४२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार चार सय ५४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै, तमिलनाडुमा अहिलेसम्म १३ हजार नौ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ९४ जनाको मृत्यु भएको छ ।

गुजरातमा अहिलेसम्म १२ हजार नौ सय ५ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि पाँच ७३ पुगेको छ । मध्यप्रदेशमा संक्रमितको संख्या पाँच हजार नौ सय ८१ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ७० जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार एक सय ९७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ५९ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार पाँच सय १५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय ३८ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ९८२ संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ४८ हजार पाँच सय ३४ संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment