+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

कार्तिक आर्यन भन्छन्–‘पारिश्रमिक कम गर्न तयार छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १२:०८

लकडाउन खुलेर स्थिति सामान्य भइसकेपछि बलिउडको यात्रा कसरी अगाडि बढ्ला भन्ने चासो यतिबेला सर्वत्र छ। बलिउडलाई लकडाउनको समयमा ठूलो घाटा लागेको छ। यतिमात्र होइन लकडाउन खुलेपछि सुरक्षित रहेर कसरी काम गर्ने भन्ने विषयमा पनि बहस भइरहेको छ ।

अब, चलचित्रको छायांकन गर्दा सानो टिम बनाएर गर्नुपर्ने तर्क पनि उठेका छन् । तर, नायक कार्तिक आर्यनले भने आफू सानो टिम बनाएर काम गर्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन्।

भारतीय पत्रकारसँग कुरा गर्दै उनले भनेका छन्–‘म मानिसहरूको जागिर कम गर्नुपर्छ भन्ने पक्षमा छैन । यसको समाधान निकाल्नु आवश्यक छ । मानिसहरूको जागिर पनि नजाओस् र निर्माताले पनि घाटा व्यहोर्न नपरोस् भन्नेतर्फ सोच्न आवश्यक छ । यसका लागि म आफ्नो तर्फबाट गर्न सक्ने काम गर्नेछु । हामी सबैले मिलेर नै यसको विषयमा निष्कर्ष निकाल्नु आवश्यक छ ।’

पारिश्रमिक कम गर्ने विषयमा आर्यन भन्छन्–‘यदि, मैले पारिश्रमिक कम लिँदा हाम्रो चलचित्र नगरीलाई फाइदा हुन्छ भने म यो गर्न तयार छु । कोरोनाका कारण बलिउडलाई ठूलो झट्का लागेको छ ।’

कार्तिकले मिडिया कुराकानीमा ७५ सय करोडको घाटा बलिउडलाई लागेको तर्क पनि प्रस्तुत गरेका छन् । लकडाउन अगाडि कार्तिक चलचित्र ‘भुलभुलैया-२’को छायांकनमा व्यस्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?