+
+

गेष्ट हाउसमा जुवा खेल्ने पाँचजना २ लाखसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते २०:२०

९ जेठ, जनकपुरधाम । गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडानम्बर १३ बस्ने ३५ वर्षीय मोस्तकिङ राईन, ४७ वर्षीय जसिन कवाडी र ३४ वर्षीय रमेश साहु तथा धनुषाकै मिथिला बिहारी नगरपालिका ७ बस्ने ५६ वर्षीय किशोरी साह छन् ।

उनीहरुको साथबाट २ लाख ७ हजार ५२५ समेत बरामद भएको धनुषा प्रहरीका प्रबक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?