Comments Add Comment

स्पेनका प्रधानमन्त्री भन्छन् – ला लिगा ८ जुनबाट सुरु हुन सक्छ

१० जेठ काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनदेखि फेरि सुरु हुन सक्ने बताएका छन् । यसअघि ला लिगा अध्यक्ष ज्याभिएर तेबासले स्पेनको शीर्ष डिभिजन फुटबल ला लिगा १२ जुनदेखि फेरि सुरु हुन सक्ने आशा राखेका थिए ।

यद्यपि फेरि सुरु हुने मिति भने अझै तय भइसकेको छैन ।

ला लिगाका खेलाडीहरुले १० जनाभन्दा कम खेलाडीको समूह बनाएर ट्रेनिङ सुरु गरेका छन् ।

प्रधानमन्त्री सान्चेजले स्पेनले गर्नुपर्ने काम गरिसकेको र सबैको लागि नयाँ सीमा खुल्ला भएको बताए । उनले अब दैनिक गतिविधि फेरि सुरु गर्ने समय आएको बताए ।
‘८ जुन देखि ला लिगा फेरि सुरु हुन्छ,’ सान्चेजले भने ।

यस्तै स्पेनको दोस्रो श्रेणीको फुटबल पनि ला लिगासँगै सुरु गर्ने तयारिमा छ ।

ला लिगा अध्यक्ष तेबासले यस निर्णबाट धेरै खुशी भएको बताए ।

उनले खेलाडी प्रशिक्षक क्लब नेशनल स्पोर्ट्स काउन्सिल र एजेन्ट्सको कडा मिहिनेतले यो नतिजा आएको बताए ।

उनलेअहिले कोभिड-१९ को महामारीका बेला सहयोग गर्नेहरुलाई पछि पार्न नहुने बताए । यस्तै महामारी फर्कने छैन भनेर पक्का गर्न स्वास्थ्य नियमहरु पालना गर्नु महत्वपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment