Comments Add Comment

भारतबाट आएका थिए बर्दियाका संक्रमित पुरुष

१० जेठ, बर्दिया । जिल्लाको बढैयाताल गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित फेला परेपछि ती व्यक्तिबारे चासो बढेको छ ।

बढैयातालका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार, संक्रमित व्यक्ति पुरुष हुन्  । उनी केही दिनअघि मात्रै भारतबाट आएका थिए ।

भारतबाट आएका उनलाई बढैयाताल गाउँपालिका–६, मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । संक्रमित ती पुरुष भने बढैयाताल–७ का हुन् ।

संक्रमितलाई उपचारका लागि कहाँँ पठाउने भन्ने विषयमा छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौंमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment