Comments Add Comment

यी हुन् संसारकै धनी जुवाडे

पोकर किङको नामले चर्चित अमेरिकाका डेन बेल्जेरियन विश्वका सबैभन्दा धनी जुवाडे हुन् । उनले पोकर गेम खेलेरै अर्बौं रूपैयाँ कमाइसकेका छन् ।

रोचक कुरा त के भने दुनियाँकै धनी जुवाडे उनी हलिउडका कैयन् चर्चित फिल्महरूमा समेत काम गरिसकेका छन् ।

हुन त उनको जीवनमा पहिलेदेखि नै पैसाको कमी थिएन । किनकि उनका बुवा धनी व्यापारी थिए । धनीको छोरा हुनुका कारण उनी बच्चैदेखि बेपरवाह भए । कसैलाई टेरेनन् । आफ्ना बुवाको बन्दुक बोकेर स्कुल गएको बेला उनी एकपटक पक्राउ परेका थिए । त्यसपछि उनलाई स्कुलबाट निकालिएको थियो ।

अमेरिकाको लस भेगासमा करोडौं रूपैयाँ पर्ने आलिशान बंगलामा उनी बस्दछन् । घरमा उनी प्रायः पार्टी गर्दछन् । त्योबाहेक उनका अरू धेरै घरहरू पनि छन् ।

गएको वर्ष झण्डै सबा २ करोड रूपैयाँबराबरको मूल्य पर्ने घडी लगाएका कारण उनी चर्चामा आएका थिए ।

बन्दुक र लग्जरी गाडीका शौखिन छन्, उनी । उनीसँग एकसे एक महँगा तथा शानदार बन्दुक छन् । उनी युवतीहरू फेर्नमा पनि माहिर छन् । सोही कारण उनलाई प्लेब्वाई पनि भनिन्छ ।

ड्यानको कूल सम्पत्ति १५ करोड डलर छ । त्यसमध्ये अधिकांश सम्पत्ति उनले जुवा खेलेरै कमाएका हुन् ।

सन् २०१३ मा पोकर खेलेरै उनले एक रातमा १ करोड १० लाख अमेरिकी डलर कमाएको घटना निकै चर्चित भएको थियो ।

दुःखको कुरा ३९ वर्षका ड्यान बिल्जेरियन ड्रग्सको कुलतमा फसेका छन् । ३० वर्षको छँदा अत्यधिक लागूऔषध सेवनका कारण उनलाई हृदयघात भएको थियो । १२ घण्टाभित्र उनलाई २–३ पटक हृदयघात भएको थियो । त्यतिबेला उनको ज्यान मुस्किलले जोगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment