+
+
Shares

स्वास्थ्यमन्त्री र मन्त्रालयका कर्मचारीमा कोरोना जाँच गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १४:१५

११ जेठ, काठमाडौं । कोभिड -१९ पोजेटिभ देखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवसहित एक सय बढी कर्मचारीको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिने भएको छ।

ती चिकित्सक रिपोर्ट आउनु अघिल्लो दिन मन्त्रालयको हेल्थ इमर्जेन्सीको बैठकमा उपस्थित भएका कारण मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, सचिव यादव कोइरालासहित एक सय बढी कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । संक्रमित चिकित्सक कन्ट्याक ट्रेसिङको लागि कपिलवस्तु गएका थिए।

मन्त्रालयका कर्मचारी महाशाखा प्रमुख रघुराम विष्टका अनुसार  मन्त्रालय आउजाउ गरेका सबै कर्मचारीको परीक्षण गर्ने तयारी गरिएको छ । उनले भने  ‘एक सयभन्दा बढीको परीक्षण गरिन्छ होला ।’

चिकित्सकहरूका अनुसार संक्रमितसँग सम्पर्कमा आउनासाथ स्वाब झिकेर परीक्षण गर्दा गलत रिपोर्ट पनि आउन सक्छ । सोही कारण संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको एक सातामा स्वाब झिक्दा गलत रिपोर्ट आउने सम्भावना कम हुन्छ ।

ती चिकित्सकको प्राइमरी कन्ट्याकमा आएका मन्त्रालयका कर्मचारीहरू होम क्वारेण्टाइनमा बसिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?