
१२ जेठ, काठमाडौं । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इद उल फित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । इस्लाम धर्मावलम्बीले मस्जिद तथा इदगाहमा भेला भएर सामूहिक रुपमा प्रार्थना गर्ने गर्थे । आपसमा अंगालो मारेर इदको शुभकामना आदान प्रदान गर्ने गर्थे ।
तर यस वर्ष लकडाउनका कारण मस्जिदमा सामूहिक भेला हुन रोक लगाइएको छ । त्यसैले इद उल फित्रका दिन पनि काठमाडौंको जमलमा रहेका मस्जिद सुनसान देखिए । त्यहाँ केही मौलानाहरु मात्र भेला भए र प्रार्थना गरे ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4