Comments Add Comment

बारामा थप एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण

११ जेठ, काठमाडौं । बारामा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरे । योसँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या ६ पुगेको छ ।

यसअघि आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
बालमन्दिर आइसोलेसनमा बस्दै आएका संक्रमित प्रहरी कर्मचारीलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको प्रजिअ पण्डितले जानकारी दिए ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । जसमध्ये दुई जना शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment