+
+
Shares

प्रियंकाको आग्रह–‘वर्षाले माफि मागिसकिन्, हामीले माफ नदिए कसले दिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १२:१५

नायिका प्रियंका कार्कीले नायिका वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै पब्लिक फिगर हुन त्यती सजिलो नभएको पनि बताएकी छिन् ।

प्रियंका लेख्छिन्–‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती आउदैन थियो, सायद ।’

नायिका कार्कीले गल्ती सबैबाट हुने भन्दै वर्षाले देशको माया नै नभएर यस्तो नबोलेको पनि बताएकी छन् । उनले, यो समयमा वर्षालाई सुझाव दिन, थाहा नभएको कुरा सिकाइदिन पनि अपिल गरेकी छिन् ।

प्रियंका अन्त्यमा लेख्छिन्–‘उनले माफि पनि मागिसकिन् । हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ ? हाम्रो चेलीको इज्जतको रक्षा गर्ने कर्तव्य हाम्रो पनि होइन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?