+
+
Shares

धनुषाका पनि दुई जना प्रहरी कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १३:४९

१२ जेठ, जनकपुरधाम । धनुषाका दुई जना प्रहरी कर्मचारीमा पनि कोरोना सक्रमण देखिएको छ । नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका ३ जना संक्रमित देखिएको जनाएको छ । यसमध्ये दुई जना प्रहरी नै छन् । दुबै प्रहरी क्वारेन्टाइनमा खटिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उनीहरु ४५ वर्षका र ३१ वर्षका रहेका छन् । उनीहरुलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?