+
+
Shares

लकडाउनमा आर्थिक क्रियाकलाप बढाउने प्रधानमन्त्रीको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १८:३३

१२ जेठ, काठमाडौं । सरकारले आर्थिक क्रियाकलापलाई नियमित सञ्चालन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलाप नियमित सञ्चालन गर्न लागेको बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनकै अवधिमा समेत केही आयोजनाको कामले तिब्रता पाएको भन्दै यसबाट कोरोनालाई छल्दै विकासका काम अगाडि बढाउन सकिन्छ भन्ने पुष्टी भएको उल्लेख गरे ।

सरकारले कोरोना महामारी रोकथामका लागि दुई महिनादेखि लकडाउन जारी राखेको छ । तर यसले आर्थिक गतिविधि ठप्पप्राय भएपछि मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ । त्यसैले लकडाउनकै बीच पनि आर्थिक गतिविधि बढाउने सरकारको तयारी छ ।

उनले कृषि क्षेत्रल गरिबी र बेरोजगारी समाधान गर्न सकिने समेत बताए । सामाजिक दूरी र परहेजलाई ख्याल गर्दै कृषि कार्य अगाडि बढाइने उनको भनाइ छ । प्रधानमन्त्रीका अनुसार अब थप उद्योगहरु संचालनको अनुमति दिने तयारी भइरहेको छ ।

श्रमिकलाई समुदायमा मिसिन नदिने शर्तसहित उद्योगहरु खुला गर्ने तयारी सरकारले गरेको हो । सुरक्षा प्रवन्ध भए नभएको अनुगमन भने सरकारी निकायले गर्नेछ । दैनिक आवश्यक वस्तुको आन्तरिक ढुवानी र आयात–निर्यात समेत सहज बनाउने तयारी सरकारले गरेको छ ।

आन्तरिक उत्पादन वृद्धिका लागि कच्चा पदार्थको उत्पादनदेखि वस्तुको बजारसम्मको श्रृङ्खलासमेत अवरुद्ध हुन नदिने उनको प्रतिवद्धता रहेको छ ।

प्रधानमन्त्रीले लकडाउनकै अवधिमा रानीपोखरी, धरहरा, मेलम्ची, काठमाडौं, पोखरा र भैरहवा विमानस्थलको काम अगाडि बढेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?