Comments Add Comment

पूजा लेख्छिन्–‘दोषीलाई कडाभन्दा कडा कारबाही होस्’

जाजरकोटका नवराज विकको हत्या भएको समाचारले फेरि एकपटक नेपालीलाई झसङ्ग बनाइदिएको छ । प्रेमिकासँग बिहे गर्न भन्दै जाजरकोटबाट रुकुम पुगेका विकको हत्या भएको थियो । दलित भएकै कारण उनको हत्या भएको खबर बाहिरिएसँगै सामाजिक सञ्जा‍लमा यसको चर्को विरोध मात्र भएको छैन, दोषीलाई कारबाहीको माग समेत गरिएको छ ।

सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रका कलाकारहरूले पनि नवराज विकको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । नायिका पूजा शर्मा लेख्छिन्–‘समानता नै मानवताको पहिलो आधारशीला हो भन्ने तथ्य कहिले बुझ्छौं होला हामीले। रोगहरू प्नि नयाँ-नयाँ आउन थालिसक्यो । अब हामी रोगसँग लड्नु कि छिमेकीको बल मिचाइसँग लड्नु कि आफ्नै घरभित्रको अन्तरजातीय विभेदसँग लड्नु । कि सदाझैं नारी अस्मितासँग खेल्न खोज्नेविरुद्ध लड्नु ?’

पूजाले सबैलाई सद्बुद्धि दिन भगवानसँग आग्रह पनि गरेकी छिन् । उनले दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्दै सरकारसँग माग पनि गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment