Comments Add Comment

जब प्रहरीले घाटबाटै शव नियन्त्रणमा लियो…

१३ जेठ, काठमाडौं । झुण्डिएर मृत्यु भएका बालकको शव जानकारी नदिई जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । शङ्खरापुर नगरपालिका–२, पटापमा १५ वर्षीय बालक सुनबहादुर तामाङको शव जलाउन लागेको वेला प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभाग, शंकरापुरका प्रहरी निरीक्षक गोविन्द पन्थीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बताए । उनले भने, ‘सुसाइड नोट पनि भेटिएको रहेछ, परिवारले खबर नगरी जलाउन खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं ।’

स्रोतका अनुसार उनले सुसाइड नोटमा परिवारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार दिउँसो उनी झण्डिएको अवस्थामा फेला परेको थिए । साँझ ७ बजे उनलाई स्थानीय घाटमा जलाउने प्रयास गरिएको थियो ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस आत्महत्यामा विवाद: ‘बार्गेनिङ’ को भूमिका कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment