Comments Add Comment

सुनौलीबाट उद्धार गरिएका थिए स्याङ्जाका दुई जना कोरोना संक्रमित

१३ जेठ, पोखरा । भारतीय सीमा नाकाबाट उदद्धार गरिएका स्याङ्जाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले सुनौली नाकाबाट ल्याइएका दुई जनमा  कोरोना संक्रमणढ भएको पुष्टि गरे । उनीहरुको पोखराको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा  कोरोना पुष्टि भएको हो ।

वालिङ नगरपालिकाले सुनौली नाकाबाट चार दिनअघि ७ जनालाई गाडी पठाएर उद्धार गरेको थियो । ‘उनीहरुले नाकामा आएर फोन गरेपछि नगरपालिकाले नै लिन गाडी पठाएको थियो,’ मेयर खाँडले भने, ‘७ जनालाई सुनौलीदेखि ल्याएका थियौं ।’ भारतको दिल्लीदेखि रेलमा उनीहरु सुनौली नाकासम्म आइपुगेका थिए ।

‘हाम्रा कोही पनि नागरिक नाकामा अलपत्र नपरुन् भनेरै हामीले गाडी पठाएर ल्याएका हौं,’ मेयर खाँडले भने, ‘२ जनामा कोरोना पुष्टि भयो । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्न पुतलीबजार पठाएका हौं ।’

वलिङ ल्याएकै भोलिपल्ट उनीहरुको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो । ‘अस्ति पठाएका थियौं । हामीले हिजो बेलुका नै थाहा पाएका थियौं । आज फेरि थप पक्का भयो,’ मेयर खाँडले भने ।

जिल्लामा आइसोलेसनमा राखेर उनीहरुको उपचार गर्ने र अन्यको पनि परीक्षण बढाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनीहरुसँगै आएका अन्य ५ जना भने वालिङ नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको नतिजा नेगेटिभ आए पनि पुन परीक्षणको तयारी भइरहेको मेयर खाँडले जानकारी दिए । अहिले वालिङ नगरपालिकाको क्वारेन्टाइनमा ६५ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment