Comments Add Comment

नेपाली बोकेर जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्सको चार्टर्ड विमान

१३ जेठ,काठमाडौं । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीहरुलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जपानको क्युसुको फुकुओकातर्फ उड्ने भएको छ । विमानमा २६४ जना नेपाली छन् ।

उनीहरु जापानमा विद्यार्थी र कामदार भिसामा कार्यरत रहेका बेला बिदामा नेपाल आएका थिए । नेपालमा लकडाउन भएपछि यतै रोकिएकाहरुलाई सरकारको अनुमतिपछि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले चार्टर्ड फ्लाइटको व्यवस्था गरेको हो ।

मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार २ जना जापानिजसहित २६६ यात्रु लिएर नेपाल एयरलाइन्स मंगलबार राति ११ बजे पहिलोपटक जापानको क्युसुको फुकुओका उडन लागेको हो ।

सो विमान बुधबार बिहान ८ बजे जापान पुग्नेछ । बस्नेतका अनुसार सबै यात्रुसँग ११ सय डलरमात्रै भाडा लिइएको छ । यो भाडा भनेको इकोनोमिक क्लासको नियमित भाडादरनै भएको उनले बताए ।

सहयोगको भावनाले थप रकम नलिई गरिएको यो आफ्नो कम्पनीको दोश्रो जापान उडान भएको सञ्चालक बस्नेतले बताए । फुकुओका पुगेका यात्रुहरुको व्यवस्थापनका लागि एनआरएनए क्युसु शाखाले सल्लाहाकर छत्र दाहालको संयोजकत्वमा एउटा समिति पनि गठन गरेको छ ।

सो समितिले जापानको नियम-कानूनअनुसार यात्रुहरुको व्यवस्थापन गर्ने बस्नेतले जानकारी दिए । पहिलो उडान २४ तारिख राती ९ बजे टोकियोका लागि भएको थियो । टोकियोमा भने यसअघि पनि अन्य कम्पनीले ३ उडान गरिसकेका छन् भने मंगलवार फुकुओकामा हुने उडान क्युसु क्षेत्रकै पहिलो चार्टड फ्लाइट हो ।

समस्यामा परेका यात्रुहरुलाई गन्तव्यमा पुराउनु मुख्य उद्देश्य भएकाले, अन्य कम्पनीको भन्दा कम शुल्कमा उडान भरेको बताए । बस्नेतले लकडाउनका कारण जापानमा अध्ययनरत धेरै विधार्थीहरु यता रोकिनु परेकाले आफूहरुले सहजीकरण गरेको बताएका छन् ।

यता रोकिनुपर्दा धेरै विधार्थीको पढाइ तथा काम छुटेको अवस्था छ भने कतिको भिसा अवधिसमेत सकिएको अवस्था थियो । यस्तोमा आफूहरुले व्यापारिक उद्देश्यमात्र नहेरेर सेवाको उद्देश्यले चार्टर्ड उडानको व्यवस्था गरेको बताए ।

प्रवन्ध निर्देशक बस्नेतका अनुसार, २४ तारिखको टोकियो उडान सफलतापूर्वक सम्पन्न भएसँगै आज फुकुओकाको उडानका लागि कम्पनी थप उत्साहित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment