Comments Add Comment

कस्तो छ चीनको नयाँ आर्थिक रणनीति ?

कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा रहेको अर्थतन्त्रमा सुधारको लागि चीनले फरक किसिमको आर्थिक रणनीति तयार गर्ने भएको छ । विश्लेषकहरुका अनुसार अहिले चीन अहिले सबैभन्दा खराब अवस्थालाई हेरेर आफ्नो रणनीति तयार गर्ने दिशामा अघि बढिरहेको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्नो दर्जनभन्दा बढी आर्थिक सल्लाहकारहरुसँग कुरा गर्दै चीनले आफ्नो नयाँ विकासको योजनामा आन्तरिक संचालनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

उनले आगामी दिनमा आन्तरिक मागलाई विकासको पहिलो चरण र विकासको आधारमा रुपमा लिनुपर्ने बताएका थिए । खपत बढाउनुका साथै विज्ञान, प्रविधि र अन्य क्षेत्रको खोज तथा आविष्कारको कार्यलाई पनि जारी राख्नुपर्ने चिनफिङको भनाइ छ ।

चिनफिङले अहिले अघि सारिएको योजना महामारीबाट अर्थतन्त्रमा पर्नसक्ने सबैभन्दा नराम्रो असरको तयारी रहेको अधिकारीहरुले बताएका छन् । चीनको बेइजिङस्थित स्वतन्त्र अर्थशास्त्री हु सिङडोउले चीनले ल्याउने आर्थिक मोडल भने अहिले रहेको विश्वव्यापी प्रणालीभन्दा भिन्न भने नरहने बताए ।

यसअघि चीन निर्यातमुखी रणनीतिको अर्थतन्त्रमा काम गर्दै आएको छ । उसले ‘धेरै भित्र्याउने, धेरै निर्यात गर्ने’ नीतिमा रहेर विश्वभर आफ्नो व्यापारिक सञ्जाल विस्तार गरिसकेको छ । विशेषगरी सन् २००१ मा विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा चीनको प्रवेशपछि उसलाई व्यापारिक सञ्जाल विस्तारमा सहयोग पुगेको हो । तर, पछिल्लो समय भने यसको गति सुस्ताएको छ ।

विशेषगरी अमेरिकासँगको व्यापार तथा प्रविधि युद्धको कारण चीनको यो मोडल सुस्ताउँदै गएको हो । यसैबीचमा राष्ट्रपति चिनफिङले चीन प्रविधि र बजारको हिसाब आत्मनिर्भर हुनुपर्ने बताएका छन् । उनले डिटिजल अर्थतन्त्र, ‘स्मार्ट’ उत्पादनमूलक क्षेत्र, स्वास्थ्य र जीवन विज्ञानका क्षेत्रमा आफ्नो ध्यान केन्दि्रत गर्नुपर्ने बताएका थिए ।

एएनजेड बैंकका प्रमुख चिनियाँ अर्थशास्त्री रायमण्ड येउङले अबको दुईदेखि तीन वर्षसम्म बाह्य मागमा सुधार आउन नसक्ने चिन्ताको कारण चीनले यस्तो योजना अघि सारेको बताएका छन् । यो आर्थिक रुपान्तरको दिशा रहेको र अहिलेको प्रश्न रुपान्तर कसरी हुन्छ भन्ने रहेको उनको भनाइ छ ।

स्रोत : साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment