Comments Add Comment

खुम्चियो कुल लगानी, १८८९ अर्बमा सीमित

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा लगानी खुम्चिएको छ । यो वर्ष कुल लगानी ३.४ प्रतिशतले घटेको छ । गत वर्ष लगानी १९.२ प्रतिशतले बढेको थियो ।

तर, यो वर्ष लगानी खुम्चिएर १८ खर्ब ८९ अर्ब २६ करोडमा सीमित हुने भएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कोरोना रोगको नियन्त्रण र रोकथामको लागि चालिएको कदमबाट सार्वजनिक तथा निजी क्षेत्रको लगानीमा संकुचन आएको हो ।

गत वर्ष कुल गार्हस्थ्य उत्पादनसँग कुल लगानीको अनुपात ५६.६ प्रतिशत रहेकोमा यो आर्थिक वर्षमा संकुचन आएर ५०.२ प्रतिशतमा झरेको छ ।

कुल गार्हस्थ्य उत्पादनसँग कुल स्थीर पुँजी निर्माणको अनुपात ३३.७ प्रतिशतबाट झरेर २८.१ प्रशितमा आईपुग्ने अनुमान छ । यो वर्ष कुल आर्थिक पुँजीको निर्माण ९ प्रतिशतले घटेर १० खर्ब ५९ अर्ब ९७ करोड हुने अनुमान छ ।

यो वर्ष कुल स्थिर पुँजीको निर्माणमा निजी क्षेत्रको अंश ७७.९ प्रतिशत र सरकारीको २२.१ प्रतिशत हुने अनुमान छ । गत वर्ष निजी क्षेत्रको ७९.७ र सरकाकरीको अंश २०.३ प्रतिशत थियो ।

यो वर्ष कुल गार्हस्थ्य उत्पादनमा बचतको अनुपातमा पनि कमी आउनेछ । गत वर्ष १८.९ प्रतिशत रहेको यस्तो अनुपात यो वर्ष १८.१ प्रतिशत हुने अनुमान छ ।

लगानी मात्रै हैन, यो वर्ष बचत र लगानीको अन्तरमा पनि कमी आएको छ । गत वर्ष ३७.६ प्रतिशत अन्तर रहेकोमा यो वर्ष ३२.१ प्रतिशत हुने अनुमान छ । यो वर्ष कुल लगानीमा कमी भएपनि कुल गार्हस्थ्य बचतमा वृद्धि भएकाले यस्तो अन्तर कम भएको हो ।

गत वर्षहरुमा उच्च रहेको कुल गार्हस्थ्य बचत र लगानीबीचको अन्तरमा यो वर्ष कमी आएको हो ।

गत वर्ष विप्रेषण आयको वृद्धिदर उच्च भएकाले कुल राष्ट्रिय बचत वृद्धि भएर कुल गार्हस्थ्य उत्पादनको अनुपात ४८.९ प्रतिशत थियो । तर यो वषर् यस्तो अनुपात ४६ प्रतिशत हुने अनुमान सरकारले गरेको छ ।

कारोनाको असरले अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिवन्ध ले पर्यटक आगमन रोकिएको र विप्रेष आप्रवाह कमा कमी आएकले कुल राष्ट्रिय बचतमा चाप परेको हो । कुल राष्ट्रिय बचत र कुल लगानीबीचको अन्तर भने ४ वर्षदेखि नै ऋणात्मक छ । यो वर्ष यस्तो अन्तर ४.२ प्रतिशत छ । गत वर्ष ७.७ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment