Comments Add Comment

नेम्वाङ नेतृत्वको संसदीय सुझाव अध्ययन समितिको समय थप

१४ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको समय थप भएको छ ।

नेम्वाङ नेतृत्वको समितिको कार्य अवधि सकिएको उल्लेख गर्दै बुधबार सभामुख अग्नि सापकोटाले कार्य अवधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ ।

योसँगै नेम्वाङ नेतृत्वको समितिको समय संघीय संसंदको छैटौ अधिवेशनसम्मका लागि थपिएको छ । २० साउन २०७६ मा नेम्वाङको संयोजकत्वमा अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन भएको थियो ।

प्रमुख विपक्षी नेपाली कांग्रेस र राजपा नेपालले सर्लाहीका कुमार पौडेलको हत्याको विषयमा संसदीय समिति गठन गर्न माग गर्दे निरन्तर संसद अवरोध गरेपछि त्यसबेला यो समिति गठन गरिएको थियो ।

गठन हुँदा समितिलाई सार्थक वार्ता तथा संवादमार्फत संसदलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक अध्ययन गरी सुझाव दिन लागि ३० दिनको समय दिइएको थियो ।
तर, ३० दिनको समय पाएको समितिले १० महिना पुग्न लाग्दासमेत प्रतिवेदन तयार पार्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment