Comments Add Comment

वागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास

१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे ।

बुधबार नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । सांसदहरु रमेश पौडेल, नीमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, रीता माझी, रिना गुरुङ र शोभा शाक्यले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको छ ।

प्रतिपक्ष भन्छ अँध्यारो, मुख्यमन्त्री भन्छन् –उज्यालो

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अँध्यारो भविष्य भएको नीति तथा कार्यक्रम आएको बताएको छ । छलफलमा सहभागी हुँदै प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रम कोरोनासँग लड्ने खालको नभएको र कर्मकाण्डी ढंगले मात्रै आएको दावी गरे ।

मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमले आगामी दिनमा बागमती प्रदेशको भविष्य उज्यालो देखिएको बताए ।

उनले विषम परिस्थितिको बाबजुद पनि प्रदेश सरकारले नीति तथा कार्यक्रममा सकेजति मेहनत गरेको दाबी गरेका छन् ।

बुधबार प्रदेशसभामा बोल्दै सांसदहरुले कोरोना महामारीको समयमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, हावाहुरीको कारण प्रभावितलाई सरकारले ध्यान दिनुपर्ने लगायतका विषय उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment