Comments Add Comment

काभ्रेमा बाढी : ३ जनाको उद्धार, ३ पुल बगे

१५ जेठ, काठमाडौं । काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ ।

खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए ।

बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० वर्षयताकै भयानक भएको स्थानीयले बताएका छन् । बाढीले पनौती नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

काभ्रे क्षेत्र नम्बर दुईका सांसद गोकुल बाँस्कोटाका अनुसार पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ भने केही घर डुबानमा परेका छन् । सयौं रोपनीको बालीसमेत बाढीले नष्ट गरेको छ । पनौती क्षेत्रमा बाढीले एउटा टोयोटा गाडी बगाएको थियो । त्यसलाई प्रहरी र स्थानीयले बाढीबाट निकालेका थिए ।

बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ । प्रहरीले बाढीले पु¥याएको क्षतिको पूरा विवरण आउन बाँकी रहेको जनाएको छ ।

एसपी रवी पौडेलले अनलाइनखबरसँग भने, ‘स्थानीयबासीले ८० वर्षयताकै ठूलो बाढी आएको भनेका छन् । क्षति त भएको छ तर कति क्षति भयो भन्ने विवरण चाहिँ आइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment