
मासिक श्रावको बेला सबैको निम्ती स्यानिटरी प्याड सहज उपलव्ध हुँदैन । खासगरी शहरी वा सुगम क्षेत्रमा सजिलै पाइएपनि कति ग्रामिण भेगमा यसको अभाव हुन्छ ।
हुन त स्यानिटरी प्याड सुरक्षित र आरमदायक मानिन्छ । यसको प्रयोग पनि सजिलो एवं छरितो हुन्छ । तर, जहाँ स्यानिटरी प्याडको अभाव हुन्छ, त्यहाँ पुरानो कपडा प्रयोग गर्ने गरिएको छ । पुरानो साडी, बेडकभर आदिलाई प्याडको रुपमा प्रयोग गरिन्छ । के पुरानो कपडाको प्याड प्रयोग गर्नु सहि हो त ?
-पुरानो कपडाको प्याड बनाएर लगाउँदा अतिरिक्त खर्च हुँदैन । स्यानिटरी प्याड खरिद गर्ने झन्झट पनि हुँदैन ।
-तर, यो स्यानिटरी प्याड जति सजिले र सुरक्षित भने हुँदैन । साथै विभिन्न किसिमको संक्रमणको भय पनि रहन्छ ।
-यद्यपी ढंग पु¥याएर सावधानीपूर्वक प्रयोग गर्ने हो भने पुरानो कपडाको प्याड बनाएर प्रयोग गर्दा कुनै हानी हुँदैन ।
-पुरानो कपडाको प्याड बनाएर प्रयोग गर्दा त्यसको सरसफाईमा भने ध्यान दिनुपर्छ । अलि थोरै थोरै समयमा बदलिरहनु पर्छ ।
-पुरानो कपडाको प्याड बनाउने हो भने सूती या कटनको कपडा सहि हुन्छ । यसले प्राइभेट अंगमा हावा आउजाउ गर्न पनि सहज हुन्छ ।
– धेरै पुरानो कपडा भने प्रयोग नगरेकै राम्रो हो । किनभने यसले तपाईलाई एलर्जी हुनसक्छ ।
-कपडाको प्याड धेरैबेर ओसिलो राख्नु हुँदैन । यसले संक्रमणको खतरा बढाउँछ ।
-यौनाङ्ग साथै कपडाको सफाईमा पनि एकदमै ध्यान दिनुपर्छ ।
– कपडाले बनाएको प्याडलाई साबुन, डिर्टजेन्टले राम्ररी धुनुपर्छ । र, घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया 4