Comments Add Comment

शुभचिन्तकलाई वर्षा–संजोगकको सन्देश–‘हामी विस्तारै ठिक हुँदैछौ’

नायिका वर्षा राउतले एक अन्र्तवार्ताको क्रममा बोलेको केही वाक्यले ठूलो चर्चा पायो । नायिका राउतको उक्त भनाइले चर्को आलोचना पनि खेप्यो ।

नायिका राउतले माफि पनि मागिसकेकी छिन् । यो समयमा उनलाई साथ दिन र सहानुभुती दिनका लागि उनका फ्यान, शुभचिन्तक र आफन्तले हरसंभव कोशिश गरिरहेका छन् ।

यसैविच, नायिका वर्षा राउत र नायक संजोग कोइरालाले आफूहरु विस्तारै ठिक हुँदै गएको जानकारी दिएका छन् । सामाजिक संजालमा वर्षा र संजोगले सार्वजनिक गरेको सन्देशमा भनिएको छ–‘हामीमाझ विभिन्न माध्यमबाट यो समयमा जोडिन चाहने सबैलाई धन्यवाद । तपाइहरुको यही माया नै यो समयका लागि हाम्रो बलियो आधार हो । इमान्दारिताका साथ भन्नुपर्दा, हामी शतप्रतिशत ठिक छैनौ ।’

संजोग र वर्षाले अगाडि भनेका छन्–‘यो विवादले हामीलाई असर नगरेको होइन तर पूर्ण रुपमा हामी टुटेको पनि छैनौ । हामी विस्तारै ठिक हुँदैछौ । यो नराम्रो समयमा हामी सुन्दर समयको खोजी गर्दैछौ र पीडामा मल्हम लगाउँदैछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment