Comments Add Comment

कोरोनाबाट मुक्त भए किरण कुमार

बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमणबाट मुक्त भएका छन् । मे १४ मा उनलाई कोरोना संक्रमण देखिएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका थिए । अब, भने उनी पूर्ण रुपमा निको भएको भारतीय मिडियाले जनाएका छन् ।

किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनको लगातार ३ पटक कोरोनाको नेगेटीभ रिपोर्ट आएको छ ।

किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, कोरोना पोजिटिभ देखिएपछि पनि उनको कुनै लक्षण भने देखिएको थिएन ।

उनी आफ्नो घरको तेश्रो तल्लामा क्वारेन्टाइनमा रहेका थिए । उनको परिवार पनि घरको दोश्रो तल्लामा क्वारेन्टाइनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment