Comments Add Comment

वीरगञ्ज कारागारभित्र कोरोना भाइरसको त्रास

१५ जेठ, वीरगञ्ज । वीरगञ्ज कारागारभित्र कोरोना भाइरस संक्रमणको त्रास बढेको कैदीबन्दीले बताएका छन् । गणतन्त्र दिवसको अवसरमा कारागारबाट रिहा भएका ७ जना कैदीबन्दीले जेलभित्र अरु भन्दा कोरोना भाइरसको बढी डर रहेको बताए ।

अंगभंग मुद्धामा १५ महिना २ दिन जेल बसेर माफी पाएपछि छुटेका बाराका मकरध्वजप्रसाद साहले भने ‘जेलमा अरु कुनै किसिमको समस्या छैन, तर कोरोनाको त्रास भने बाहिर र भित्र उस्तै छ ।’

वीरगञ्ज कारागारमा ९१ जना महिलासहित १२ सय ७२ जना कैदीबन्दी छन् । सरकारले असल चालचलन, ५० प्रतिशत कैद भुक्तानी भएकोलगायतका मापदण्डको आधारमा वर्षेनी गणतन्त्र दिवसको अवसरमा कैद माफी गर्दै आएको छ ।

यसमा लागुऔषध, भ्रष्टाचार, सर्वस्वसहित जन्मकैद, मानव तस्कर, चेलिबेटी बेचबिखन लगायत १९ प्रकारका मुद्धाका कैदीले माफी पाउँदैनन् ।

गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान, दस्तखत कीर्ते, वन पैदावार, अंगभंग मद्धाका १/१ जना गरी ७ जना कैदमुक्त भएका थिए ।

गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा भएपछि उनीहरुलाई परिवारको जिम्मा लगाएर पठाइएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए । देशभरका कारागारबाट २ सय ३३ कैदीहरुको बाँकी कैद कट्टी भएकोमा वीरगञ्जबाट ७ जना परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment