Comments Add Comment

पर्यटनसहित उद्योग प्रतिष्ठानले कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष

१५ जेठ, काठमाडौं । सरकारले पर्यटनसहित उद्योग प्रतिष्ठानका कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष स्थापना गर्ने भएको छ ।

बिहीबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले साना, मझौला उद्योग र पर्यटनलगायत उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सक्नेगरी ५० अर्बको कोष खडा गरेको खतिवडाले जानकारी दिए ।

यो कोषबाट ५ प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण लिएर उद्योग प्रतिष्ठानले तलब भुक्तानी गर्न सक्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment