Comments Add Comment

पर्वतारोहीको खुसी छिट्टै फर्कनेछ : पर्यटनमन्त्री

१६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

१३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेको समेत उल्लेख गरे । नेपाल आगामी दिनमा विश्वको एक आकर्षक गन्तब्यका रुपमा सदाझै रहने विश्वास समेत उनले लिएका छन् ।

२९ मेका दिन पहिलो पटक सगरमाथामा मानव पाइला परेको थियो । सगरमाथाको मुख्य सिजन यस समयमा हरेक वर्ष नेपालमा सयौं पर्वतारोही आउने गरेका थिए । उनीहरुका माध्यमबाट सरकारले करोडौं रुपैयाँ रोयल्टी समेत प्राप्त गर्दै आएको थियो ।

तर, यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण पर्यटन शून्यमा झरेको छ । सरकारले यो वर्ष सबै प्रकारका पर्यटकीय गतिविधि रोक्ने निर्णय गरेको छ ।

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको चुचुरो चुमेका थिए । नेपाल सरकारले सन् २००८ देखि यस दिनलाई सगरमाथा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९५३ यता सगरमाथा चचुरोमा ५ हजारमाथि मानव पाइला पुगिसकेका छन् । विश्वका शाहसिक पर्यटकका लागि यो आकर्षक गन्तब्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment