Comments Add Comment

‘फ्याक्ट चेक’को विवादपछि ट्विटरलाई लक्षित गर्दै ट्रम्पले दिए कार्यकारी निर्देशन

१६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको केही कानुनी संरक्षण हटाउने उद्देश्य बोकेको कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् ।

अहिले ट्रम्पले दिएको निर्देशनले नियामकहरुलाई सामाजिक सञ्जालले आफ्नो प्लेटर्फममका कन्टेन्टको जाँच गर्ने विषयलाई लिएर मुद्दा लगाउने अधिकार हुनेछ । ट्रम्पले अहिले सामाजिक सञ्जाललाई कसैले पनि अंकुश लगाउन नसक्ने अधिकार भएको बताए ।

कानुनी विशेषज्ञहरुले अहिले कायम रहेको कानुनी संरक्षणको समझदारी परिवर्तनको लागि अमेरिकी संसद् वा अदालत प्रणाली समावेश हुनुपर्ने बताएका छन् ।

ट्रम्पले नियमितरुपमा सामाजिक सञ्जालहरुमाथि अभिव्यक्तिको स्वतन्त्रता पालना नगरेको आरोप लगाउँदै आएका छन् । बुधबार ट्रम्पले ट्विटरमाथि निर्वाचनमा हस्तक्षेप गरेको आरोप पनि लगाएका थिए । ट्विटरले ट्रम्पका दुई ट्विटमा फ्याक्ट चेक लिंक राखेसँगै ट्रम्प ट्विटरमाथि खनिएका हुन् ।

अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताले गरेको पोष्टमा सामाजिक सञ्जाल कम्पनी जवाफदेही हुनुपर्दैन । ट्रम्पले सामाजिक सञ्जालमा प्रयोगकताले गरेको पोष्टमा कम्पनीले गर्ने सम्पादनमाथि प्रश्न उठाएका छन् । अहिले सामाजिक सञ्जालले कुनै दुव्र्यवहार, हिंसाजस्ता विषयसँग सम्बन्धित पोष्टहरु भने हटाउने गरेको छ ।

रिपब्लिकनका नेता मार्को रुबिओले भने अहिले सामाजिक सञ्जालहरु एक मञ्चभन्दा पनि प्रकाशकजस्तो बनेको भन्दै उनीहरुलाई प्रकाशककै जस्तो नियम लागु हुनुपर्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment