+
+
Shares

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १५:१५

लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ ।

फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो ।

फेसबुकको यो नयाँ एप हाल एप्पल प्रयोगकर्ताका लागि बेटा भर्सनमा मात्र उपलब्ध रहेको छ । यो एपले सर्जक र उनीहरूका फ्यानलाई एक ठाउँमा ल्याउनेछ । यो एक म्युजिक मेकिङ एप हुनेछ जसमा प्रयोगकर्ताले कुनै पनि गीतमा आफ्नो भिडियो तयार गरी अपलोड गर्न सक्दछन् ।

आफ्नो आधिकारिक पोष्टमा फेसबुकले भनेको छ, ‘कोल्याबसँगै हामीले प्रविधिलाई सहज बनाइदिएका छौं जहाँ मानिसहरूलाई मूल सांगीतिक भिडियोसँगै मिलेर आफ्नो सिर्जनात्मक क्षमता प्रष्फुटित गर्न सक्नेछन् ।’

यो एपमा प्रयोगकर्ताले कुनै संगीतमा आफ्नो छोटो भिडियो तयार गर्न सक्दछन् । यस्तो भिडियो तीन भागमा बाँडिएको हुन्छ र तिनवटै भिडियो एकपछि अर्को गर्दै आउँदछन् । तीनवटा भिडियोका संगीतमा फरक–फरक वाद्यवादनको प्रयोग गर्न सकिन्छ वा आफूले एक भाग रेकर्ड अरू दुई भाग अन्य दुईजना साथीलाई रेकर्ड गरेर तीनजनाको भिडियो एकसाथ मिसाएर एकीकृत भिडियो तयार पार्न सकिन्छ ।

भिडियो सिर्जना गरेसँगै प्रयोगकर्ताले त्यसलाई आफ्नो वालमा पोष्ट गर्न सक्दछन् । त्यसरी पोष्ट गरिएका भिडियोहरू अन्य प्रयोगकर्ताले हेर्न तथा त्यसैलाई प्रयोग गरेर आफ्नै भिडियोहरू पुनः सिर्जना गर्न सक्दछन् । कोल्याबमा पोष्ट गरिएका भिडियोहरू इन्स्टाग्राम, फेसबुक स्टोरिज तथा अन्य प्लाटफर्ममा पनि सेयर गर्न सकिन्छ ।

पछिल्लो समय एकपछि अर्को नयाँ सेवाहरू ल्याइरहेको फेसबुकले हालैमात्र आफ्नो ग्रुप कलिङ एप क्याचअप सार्वजनिक गरेको थियो । क्याचअप एपको फेसबुकले अहिले अमेरिकामा परीक्षण गरिरहेको छ । केही एप्पल तथा एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । यो नयाँ एपमा ८ जनासँग ग्रुप कलमा जोडिन सक्दछन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?