+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कालापानी हिँडेका डा. केसी बाटोबाटै फर्किए

रामहरि ओझा रामहरि ओझा
२०७७ जेठ १६ गते १९:३९
फाइल तस्वीर

१६ जेठ, डोटी । बिहीबार कालापानी जाने भन्दै हिँडेका डा. गोविन्द केसी बाटोबाटै फर्किएका छन् ।

विगत तीन महिनादेखि सुदूरपश्चिमका बिभिन्न जिल्लामा निशुल्क सेवा दिँदै आएका केसी जेठ १ गते दार्चुला पुगेका थिए । केही समय दार्चुला जिल्ला अस्पतालमा सेवा दिएका केसी ११ गते व्यास गाउँपालिकाको केन्द्रस्थित स्वास्थ्य चौकी सुनेसरा पुगेका थिए । सुनसेरा स्वास्थ्य चौकीमा डा. केसीले दुई दिनमा एक सय ७२ जनालाई हाडजोर्नी सम्बन्धी चेकजाँच गरेका थिए ।

बुधबार व्यास गाउँपालिका–२ को दुम्लिङ्ग सामुदायिक स्वास्थ्य ईकाइमा बिरामीको चेक जाँचपछि डा. केसी बिहीबार तिङ्कर हुँदै कालापानी जाने भन्दै हिँडेका थिए । तर उनी छाङरु नपुग्दै फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बिष्टले जानकारी दिए । ‘प्रहरी र स्थानीयहरुले बाटो जोखिमपूर्ण छ, नजानुहोस् भनेका रहेछन्,’ अनलाइनखबरसँग कुरा गर्दै बिष्टले भने, ‘उहाँले मान्नु भएनछ, तर आज फर्केर आउँदै हुनुहुन्छ भन्ने त्यहाँको चौकीबाट जानकारी आएको छ ।’ अब कहाँ जाने भन्ने बारेमा उनले कसैलाई पनि नबताएको प्रनाउ बिष्टले जानकारी दिए ।

डा. केसीलाई सुरक्षा दिनका लागि प्रहरी समेत खटाइएको थियो । प्रहरीले र स्थानीयहरुले गरेको आग्रह समेत अस्वीकार गर्दै कालापानी हिँडेका उनी अन्ततः बाटोबाटै फर्केका छन् ।

डा. केसी दुई दिन सत्याग्रह बस्ने

दार्चुलामै रहेका बेला डा. केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह बस्ने घोषणा गरेका थिए । सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका हुन् ।

व्यास गाउँपालिकाको सुनेसरामै रहेका बेला सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न माग गरेका छन् । उनले नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा बिज्ञप्तिमार्फत गरेका हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डीनलगायतका पदाधिकारी नियुक्ति गर्नु पर्ने, गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन केसीले माग गरेका छन् ।

गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।
तर उनी कुन ठाउँमा सत्याग्रह बस्छन् भन्ने कुरा भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?