Comments Add Comment

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघ्यो

१७ जेठ, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६७ हजार नाघेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसको कारण ६७ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पाकिस्तानमा कोरोना भाइरसको कारण एक हजार ४३३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार १०४ पुगेको छ । पञ्जाब प्राइमरी एण्ड सेकेण्डरी हेल्थकेयरका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ । यससँगै पञ्जाब प्रान्तमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । पञ्जाब प्रान्तमा अहिलेसम्म दुई लाख २८ हजार ५४१ जना मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको छ । साथै अहिलेसम्म यो प्रान्तमा ६ हजार ५०७ जना मानिस कोरोना भाइरसबाट निको भएर घर फर्किसकेका छन् ।

कराँचीको एनआईडी युनिभर्सिटीको इन्जिनियरिङ्ग विभागले भेन्टिलेटरको नयाँ मोडल तयार पारेको छ । शुरुवाती परीक्षणपछि यो मोडलको क्लिनिकल परीक्षण सुरु भएको छ ।

यसैबीच पञ्जाबका स्वास्थ्यमन्त्री डाक्टर यासमीन राशिदले मानिसहरुलाई कोरोना भाइरस यहाँ छ र अब हामीले यो भाइरससँग नै बाँच्न सिक्नुपर्छ भन्ने कुरा बुझ्नु जरुरी रहेको बताएका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तमा एकदिनमा एक हजार २४७ नयाँ संक्रमित फेला परेका छन् । जबकी यो अवधिमा ३८ जनाको मृत्यु भएको छ । सिन्धमा अहलेसम्म एक लाख ७६ हजार ७०३ जना मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको छ । त्यस्तै खैबर पख्तुनख्वामा नौ हजार र ब्लुचस्तिानमा चार हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment