Comments Add Comment

तनहुँका संक्रमित १० जनाको समूहमा थिए

गल्याङका २ जनासँग आउनेको खोजी हुँदै

१८ जेठ, पोखरा । तनहुँको रिसिङ गाउँपालिकाका कोरोना संक्रमित एकजना ब्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेको खुलेको छ । भारतबाट १० गते आएका उनलाई भानुभक्त क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

उनीसँगै १० जनाको समूह ब्यास नगरपालिका आएको स्वास्थ शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । ‘१० जनाको समूहमा आएको जानकारी पायौं । उनीहरूसहित ५४ जनाको स्वाब परीक्षणका लागि पठाएको थियो । सबै नतिजा आउनै बाँकी छ,’ सोतीले भने, ‘ट्राभल हिस्ट्री खोजिरहेका छौं । सबैले भारतबाट आएको नाम टिपाएका छन् ।’

स्याङ्जाको गल्याङका २ जनामा संक्रमितसँगै आउनेको भने खोजी भइरहेको छ । उनीहरू ११ गते कृष्णनगर नाकादेखि पाल्पा हुँदै गल्याङ छिरेका थिए ।

उनीहरूसँगै स्याङ्जाको चापाकोट, वालिङलगायतका गाउँपालिकाका व्यक्तिहरू पनि आएको गल्याङका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

भारतका विभिन्न ठाउँबाट कृष्णनगर नाका आइपुगेका विभिन्न गाउँपालिकाका ब्यक्तिहरू मिलेर गाडी रिजर्भ गरेर आएका थिए ।

‘उनीहरूसँगै कोको आएका थिए, खोजी गरिरहेका छौं । उनीहरूलाई राम्दी नाकाट गल्याङको क्वारेन्टाइनमा राखेका थियौं,’ पाण्डेले भने, ‘विभिन्न स्थानीय तहका व्यक्ति मिलेर गाडी रिजर्भ गरेर आएको जानकारी पाएका छौं ।’

गल्याङको क्वारेन्टाइनमा अहिले ९१ जना छन् । कोरोना संक्रमण देखिएका २ जनाको शुक्रबार स्वाब परीक्षणका लागि पठाइको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment