Comments Add Comment

चुरोट छाड्नसाथ शरीरमा कस्तो प्रभाव पर्छ ?

मानौं तपाईं चुरोटको अम्मली हुनुहुन्छ । फुर्सदको क्षण कटाउन होस् वा कामको दिक्दारीबाट उम्कन चुरोट तान्नुहुन्छ । क्षण क्षणमै चुरोटको तलतल लाग्छ ।

के तपाईं सधैंभन्दा कम चुरोट सेवन गर्न सक्नुहुन्छ ? दिनमा चार-पाँच पटक चुरोट सेवन गरिरहनुभएको छ भने यसको संख्या दुई वा एकमा झार्न सक्नुहुन्छ ? यसैगरी अर्को दिन एक त्यसपछि दुई दिनमा एक ।

जब यसरी क्रमश: चुरोट छाड्ने संकल्प गर्नुहुन्छ, तपाईंले आफैँभित्र केही परिवर्तन पाउनुहुन्छ ।

१ घण्टापछि

चुरोट सेवन गर्न छाडेको एक घण्टापछि शरीरले निकोटिनको माग गर्छ । यस क्रममा आलस्यता, निन्द्रा, चिन्ता र भोक लाग्ने जस्ता समस्या हुन्छ ।

१२ घण्टापछि

चुरोट  छाडेको १२ घण्टापछि शरीरमा कार्बनमोनोअक्साइडको लेभल क्रमश: कम हुन थाल्छ । यसले रगतमा अक्सिजनको स्तरलाई सामान्य बनाउन मद्दत मिल्छ र शरीरको कार्यसञ्चालन ठिक ढंगले हुन थाल्छ ।

२४ घण्टापछि

यसबेला शरीरमा निकोटिनको लेभल कम हुन थाल्छ । त्यसैले बेचैन अनुभव हुन सक्छ ।

४८ घण्टापछि

चुरोट छाडेको ४८ घण्टापछि शरीरको ब्रोन्कियल ट्युबलाई आराम मिल्छ । यसले इनर्जी लेभल बढाउन सहयोग गर्छ ।

तीन दिनपछि

धुम्रपान छाडेको तीन दिनपछि शरीरबाट निकोटिन पूर्ण रुपमा बाहिर निस्कन्छ । यस क्रममा टाउको दुख्ने, बेचैन हुने, पसिना आउने, चिन्ता हुने जस्ता समस्या देखिन सक्छ ।

२ हप्तापछि

२ हप्तापछि रक्त प्रवाह पूर्ण रुपमा सामान्य हुन्छ । शरीरबाट ९० प्रतिशत निकोटिन बाहिर निस्कन्छ । फोक्सोले सही ढंगले काम गर्न थाल्छ ।

नौ महिनापछि

धुम्रपान छाडेको ९ महिनापछि फोक्सोको सबै बिकार बाहिर निस्कन्छ । सास लिनमा कुनै पनि किसिमको समस्या हुँदैन।

एक वर्षपछि

धुमपान छोडेको एक वर्षपछि मुटुको रोग हुने खतरा ५० प्रतिशतसम्म कम हुन्छ ।

पाँच वर्षपछि

धुम्रपान छाडेको पाँच वर्षपछि मुटु र फोक्सो सामान्य अवस्था आउँछ । अर्थात् धुम्रपान नगर्ने व्यक्तिको जस्तै हुन्छ । यस्तोमा मुटुको रोग र क्यान्सरको आशंका कम हुन्छ।

चुरोटको लत कसरी हटाउने ?

– चुरोटको लत हटाउनका लागि सबैभन्दा पहिला त आफू प्रतिबद्ध हुनुपर्छ । चुरोटको कारण हुनसक्ने सम्भावित खतरालाई मनन् गरेर चुरोट छाड्ने प्रण गर्नुपर्छ ।

– जतिबेला तपाईं चुरोट सल्काउन सुरु गर्नुहुन्छ। यसका नकारात्मक असरलाई गहिरो गरी केलाउने प्रयास गर्नुहोस्।

-माहोल र सरसंगतले पनि चुरोटको लतमा बढावा दिइरहेको हुन्छ। त्यसैले जहाँ चुरोट सेवन गर्न प्रतिकूल हुन्छ । त्यस्तै माहोलमा बस्नुहोस्।

– दैनिक तालिका यस्तो बनाउनुहोस्। जसले तपाईलाई चुरोट खाने फुर्सद नमिलोस् । केही हप्ता वा एक महिनासम्म त्यस्तो दिनचर्या पछ्याउनु भयो भने  चुरोटको लत छुट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment