Comments Add Comment

पाकिस्तानमा सार्वजनिक स्थलमा मास्कको प्रयाेग अनिवार्य

१८ जे७, काठमाडौैं । पाकिस्तानले सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य बनाउने निर्णय गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमार्फत सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य बनाइने बताएको हो । यससँगै अब पाकिस्तानको मस्जिद, बजार, शपिङ मल र सार्वजनिक यातायातमा यात्रा गर्ने मानिसले अनिवार्यरुपमा मास्क लगाउनुपर्छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएसँगै सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य गर्ने निर्णय गरेको हो । पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन हजार ३९ नयाँ संक्रमित फेला परेका थिए । यससँगै पाकिस्तानमा कोरोना भाइसका समग्र संक्रमितको संख्या ६९ हजार ४९६ पुगेको छ । साथै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ४८३ पुगेको छ ।

पाकिस्तानले लकडाउनको कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै लकडाउन खुकुलो पार्ने निर्णय गरेको थियो । तर, लकडाउन खुकुलो पारेसँगै पाकिस्तानमा निरन्तर कोरोना भाइरसका संक्रमित तथा मृतकको संख्या बढ्दो क्रममा छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment