+
+
Shares

रुसमा कोरोना संक्रमित चार लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १९:००

१८ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या चार लाख नाघेको छ । आइतबार रुसले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार २६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख पाँच हजार ८४३ पुगेको हो ।

साथै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट १३८ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६९३ पुगेको छ । रुस संक्रमित संख्याको हिसाबमा ब्राजिल र अमेरिकापछि सबैभन्दा धेरै प्रभावित मुलुक हो श्र

यद्यपि रुसमा कोरोना भाइरसबाट मृत्यु हुने मृत्युदर भने अन्य मुलुकको तुलनामा कम छ । मृतकको संख्यामा भने रुसले चीनलाई पनि पछि पारेको छ । अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण चार हजार ६३४ जनाको मृत्यु भएको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?