Comments Add Comment

चीनमा भेटिए तीन सातायताकै धेरै काेराेना संक्रमित

१९ जेठ, काठमाडौं । चीनमा तीन सातायताकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चीनमा १६ नयाँ संक्रमित फेला परेका हुन् । इजिप्टबाट फर्किएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पाइएसँगै संक्रमितको संख्या बढी देखिएको हो । अहिले फेला परेका सबै संक्रमित अर्को मुलुकबाट आएका नागरिक छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार इजिप्टबाट आएका ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यससँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ हजार १७ पुगेको छ । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३४ छ । अहिले चिकित्सकको निगरानीमा लक्षण नदेखिएका ३९७ संक्रमित छन् । चीनमा अहिले ७६ निको हुन बाँकी संक्रमितको संख्या ७६ छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment