Comments Add Comment

संसदले टुलटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ : गगन थापा

१९ जेठ, काठमाडौं । सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकका कुराहरु लेखिए पनि रुकुम घटनाले लज्जित बनाएको बताएका छन् ।

उनले विभिन्न कारण देखाएर घटना ढाकछोप गर्न खोजिए सैह्य नहुने चेतावनी दिए ।

‘यस्ता अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न गरिरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ’ उनले भने ।

रुकुम घटना लगायत लकडाउनको अवधिमा जातीय विभेदका कारण ३२ भन्दा बढी दलितहरुको हत्या, आत्महत्या बलात्कारको घटनाको छानबिन गर्न अबिलम्ब सर्वदलीय संसदीय छानबिन समिति बनाउन उनले माग गरेका छन् ।

‘सदनले यो नबनाएसम्म हामी यो मागिरहने छौँ । न्यायको पक्ष्ँमा बोलिरहने छौँ । लडिरहने छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment