+
+
Shares

दिल्लीको सीमा एक साताको लागि सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १७:२३

१९ जेठ, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको सीमा एक साताका लागि सिल गर्ने निर्णय गरेका छन् ।

उनले दिल्लीमा उपचार निःशुल्क रहेको कारण अन्य राज्यबाट दिल्लीमा मानिसहरु उपचारको लागि आउने र दिल्लीका मानिसलाई भने राम्रो स्वास्थ्य सेवा दिन नसकिने अवस्था आउन सक्ने भन्दै सीमा सिल गर्ने निर्णय गरिएको बताएका छन् ।

केजरीवालले अहिले दिल्लीका मानिसहरुलाई नौ हजारभन्दा धेरै बेडहरु राखिएको र सीमा बन्द नगर्दा केही समयमा नै उक्त बेडहरु भरिने बताएका छन् । उनले दिल्ली सरकारले कसैलाई उपचार गर्नबाट वञ्चित नगर्ने बताउँदै केही मानिसले कोरोना भाइरसको समयमा उक्त बेड दिल्लीका मानिसलाई नै सञ्चित गरेर राख्न सुझाव दिएकाले यस किसिमको निर्णय गरिएको बताएका छन् ।

अहिले एक साताका लागि उक्त सीमा बन्द गरिएको हो । आगामी साता भने जनताको सुझावको आधारमा यस विषयमा यस विषयमा फैसला गरिने केजरीवालको भनाइ छ ।

सोमबारदेखि भारतमा चौथो चरणको लकडाउन सकिएको छ । पाँचौ चरणको लकडाउन यसअघिको तुलनामा खुकुलो हुनेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?