
१९ जेठ, काठमाडौं । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र बेल्जियमका राजकुमार जोएकिममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अर्मेनियाका प्रधानमन्त्रीका प्रेस अधिकारीले उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । उनले अहिले भौतिक दुरी कायम गरेर काम गरिरहेको र परिवारसँग आइसोलेसनमा बसेको बताइएको छ । उनलाई अहिलेसम्म कुनै लक्षण भने देखिएको छैन ।
त्यस्तै बेल्जियमका राजकुमार जोएकिम स्पेनको एक कार्यक्रममा सहभागी हुन जाँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जोएकिम राजा फिलिप्पेका भतिज हुन् । २८ वर्षीय राजकुमारले उक्त कार्यक्रममा सहभागी भएकोमा माफी मागेका छन् ।
स्रोत : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4