Comments Add Comment

सिरी एको खेल तालिका सार्वजनिक

२० जेठ काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको इटालीयन सिरी एअन्तर्गत यस सिजन बाँकी रहेका खेलको तालिका सार्वजनिक भएको छ । लिग अगष्ट पहिलो साता सकाउने तयारी छ ।

कोरोना महामारीपछि सिरी ए यही जुन २० देखि फेरि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसनले सोमबार सिजनको बाँकी खेल तालिका तय गरेको हो ।

जसअनुसार जुन २० मा दुई खेल हुँदैछ । २५औं चरणका चार खेल बाँकी रहेकोले शुरुमा त्यो खेलहरु सकाइनेछ। त्यसपछि दैनिकजसो सिरी ए मा खेल हुनेछ ।

पहिलो दिन टोरिनो र पार्मा तथा हेलास भेरोना क्याग्लिएरिबीच खेल हुनेछ । यस्तै जुन २१ मा एटलान्टा र ससुलो तथा इन्टर र साम्पडोरियाबीच खेल हुनेछ ।

यी चार खेलबाहेक सिरी ए मा अझै १२ चरणको खेल बाँकी छ । जुन २२ देखि २६औं चरणका खेलहरु शुरु हुनेछन् । जुन २२ मा लिग लिडर युभेन्ट्स र बोलोग्नाको खेलसहित ३ खेल हुनेछ । युभेन्ट्सभन्दा एक अंकले मात्र पछि रहेको लाजियोले दुई दिनपछि एटलान्टासँग खेल्नेछ ।

यस्तै यस सिजनको महत्वपूर्ण र उपाधि छिनोफानो हुन सक्ने खेलको रुपमा रहेको युभेन्ट्स र लाजियोबीचको खेल जुलाई २० मा हुने तय छ ।

कडा नियम

लगातार नवौं पटक लिग उपाधि जित्ने अभियानमा रहेको युभेन्ट्स २६ खेलबाट ६३ अंकसहित पहिलो स्थानमा छ भने समान खेलबाट ६२ अंक जोड्दै लाजियोले युभेन्ट्सलाई पछ्याइरहेको छ । इन्टर ५४ अंकसहित तेस्रोमा र ४८ अंक जोडेको एटलान्टा चौथोमा छ ।

इटालियन फुटबल फेडेरेसनले फेरि फुटबल शुरु गर्नका लागि कडा नियमसहित सोमबार ४० पेज लामो डकुमेन्ट नै सार्वजनिक गरेको छ । जसमा टिम फरक समयमा पिचमा जानुपर्नेदेखि मैदानमा खेलाडी अफिसियल र पत्रकारसहित ३०० जना मात्र जान पाउने व्यवस्था छ ।

सिरि ए अघि नै इटलीमा जुन दोस्रो साता फुटबल अफिसियल्ली शुरु हुनेछ । कोपा इटालिया अन्तर्गत सेमिफाइनल र फाइनल खेलहरु जुन २० अघि नै हुनेछन् ।

सेमिफाइनल दोस्रो लेग जुन १२ र १३ मा हुनेछ । सेमिफाइनल पहिलो लेगमा युभेन्ट्स र एसी मिलानले १-१ को बराबरी खेल्दा नापोलीले इन्टरलाई १-० ले हराएको थियो ।

सेमिफाइनलको पाँच दिनपछि जुन १७ मा फाइनल खेल रोममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment