Comments Add Comment

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६६८, तीन हजारको रिपोर्ट आउन बाँकी

१९ जेठ, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६७८ पुगेको छ । मंगलबार कपिलवस्तुमा १७ जना,रुपन्देहीमा ८ जना र नवलपरासी पश्चिममा एकजना नयाँ संक्रमित थपिएका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका हुन् ।

मंगलबार कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा शिवराज नगरपालिकाका १५ जना तथा बाणगंगा नगरपालिका र महाराजगन्ज नगरपालिकाका एक/एक जना रहेका छन् । १७ जनामा तीनजना महिला हुन् ।

शिवराजको वडा नं. ३ का २० देखि २४ वर्षका पुरुष ३ जना, वडा नं.४ का १८ र ,४२ वर्षका पुरुष २ जना, वडा नं.५ का बर्ष २४ र २८ का दुईजना महिला तथा २१ र ३० वर्षका पुरुष २ जना, वडा नं. ६ की १९ वर्षकी एक महिला, वडा नं. ८ का बर्ष २८ का एक पुरुष, वडा नं. १० का बर्ष १७ का एक पुरुष र वडा नं. ११ का १७,२३,२९ वर्षका पुरुष तीन जना पुरुष रहेका छन् ।

यस्तै बाणगंगा नगरपालिका वडा नं.४ का वर्ष १६ का एक जना पुरुष तथा महाराजगन्ज नगरपालिका वडा नं. १० का बर्ष २८ का पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

मंगलबार दिउँसोको तथ्यांक अनुसार कपिलवस्तुमा ३३४, बाँकेमा १९६, रुपन्देहीमा ६०, दाङमा ४५, बर्दियामा १०, नवलपरासीमा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३ र रुकुम पूर्वमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा रोल्पा र प्युठानमा संक्रमित भेटिएका छैनन् । प्रदेशका १२ जिल्लाका क्वारेन्टिनबाट १६ हजार ३०७ जनाको स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएकामा तीनहजार बढीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले बताए ।

प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टिनमा ४० हजार बढी बसेका छन् । प्रदेश ५ मा कोरोना संक्रमित मध्ये गुल्मी,अर्घाखाँची र बाँकेका एक-एक जना गरी तीनजनाको मृत्यु भएको छ । ५७ जना निको भएर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment