Comments Add Comment

मालपोत अधिकृत ढकालको अवैध कमाई : सालीको नाममा गाडी, जेठानको नाममा बैंक खाता

२० जेठ, काठमाडौं । १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा शेयर बिक्री सबै गर्दा चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।

यो अवधिमा उनले गरेको खर्च, जोडेको जग्गा जमिन, शेयर खरिद, बैंक खाता सबै गरेर १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ सम्पत्ति मूल्यांकन भएको छ ।

अख्तियारका अनुसार ढकालले साली नाता पर्ने व्यक्तिका नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको पाइएको छ । गैरकानूनी रुपमा आर्जन गरेको रकम लुकाउन अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाता पर्ने नवराज अर्यालका नाममा जनता बैंकमा खाता खोलेर आफूले सञ्चालन गरेको पाइएको छ ।

यो खाताबाट मात्र उनले जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ भक्तानी गरेको पाइएको अख्तियारले बताएको छ ।

उनले तनहुँ मालपोत कार्यालयमा कार्यरत रहँदा आयश्रोत बढाउन न्यूनतम राजश्व तिरेर अरुको जग्गा आफ्नो नाममा ल्याउने र महंगो मुल्यमा बेचेको समेत देखाएको पाइएको छ । डेकबहादुर गुरुङ र उनकी श्रीमतीको नाममा दर्ता भएको जग्गा खरिद बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य १ लाख ९७ हजार उल्लेख गरी आफ्नो नाममा ल्याएका थिए ।

केही समयकै अन्तरमा उनले त्यही जग्गा डेकेन्द्र, उनकी श्रीमती, डेकेन्द्रका दिदीभिनाजु र बहिनीमको नाममा एक करोड ६८ लाखमा बिक्री गरेको लिखत बनाएका थिए । यो बदनियत तवरले आयस्रोत बढाउन गरेको अख्तियारको दाबी छ । र, ढकालसँगै उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्याल समेतलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment