Comments Add Comment

उच्चस्तरीय समितिको काम संक्रमित गन्ने मात्रै : राप्रपा

२० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले रोकोना रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको संक्रमितको संख्या गन्नुबाहेक कुनै काम नभएको टिप्पणी गरेको छ ।

कोरोना संक्रमणविरुद्ध व्यवस्थापकी पक्षमा सरकारले नै लापरबाही गरेको भन्दै राप्रपाले भनेको छ, ‘ यो उच्च स्तरीय समितिको काम हालसम्म मन्त्रालयका एकजना उपसचिवबाट प्रत्येक दिन कसरी कोरोना बढेर गइरहेको छ भन्ने संख्या दिनबाहेक अरु केही देखिएन ।’

राप्रपाको तीनै जना अध्यक्षले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले लकडाउनबाहेक अन्य कुनै उपाय नअपनाएको र जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

भारतबाट आएका नेपालीहरु गाउँगाउँमा गइरहेको अवस्थामा उनीहरुको व्यवस्थापनसमेत गर्न नसकेको भन्दै राप्रपाले स्थानीय तह दलगत राजनीतिभन्दा माथि उठ्न नसकेको बताएको छ ।

लामो लकडाउनले मजदुरहरु मारमा परेको भए पनि हालसम्म प्रभावकारी रुपमा राहतको व्यवस्था नगरिएको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment